अमेरिकी राजदूत बेरी र खाणबीच भेटवार्ता, कोरोना खोप थप उपलब्ध गराउने आश्वासन
अमेरिकी राजदूत र्याण्डी बेरी र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा आज सोमबार भएको बार्तामा दुई देशीय आपसी सम्बन्धबारे छलफल भएको छ ।भेटमा गृहमन्त्री खाणले कोभिड-१९ महामारी नियन्त्रणका लागि खोप सहयोग गर्न आग्रह गरेका थिए ।
नेपाल र अमेरिकाबिच लामो सम्बन्ध रहेको र अमेरिकाले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोभिड महामारीबाट बच्नका लागि दिँदै आएको सहयोगलाई निरन्तरता देओस् भन्ने अपेक्षा रहेको गृहमन्त्री खाणले बताएका थिए
राजदूत बेरीले विगतमा भएको सहयोग निरन्तर रहने बताएका थिए ।