Logo
९ माघ २०८१, बुधबार
(July 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाको ‘हेड काउन्ट’का लागि निर्वाचन आयोग पुगे रेशम चौधरी

जसपाको आधिकारिकता विवादमा हेड काउन्टका लागि डिल्लीबजार कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्।

चौधरीलाई लगिने भएपछि निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो। प्रहरी सुरक्षा घेराभित्र ढाकाटोपी लगाएर आएका चौधरीले आफूले नेताहरुसँग कुरा गरेपछि कता मत हाल्ने निर्णय गर्ने बताएका थिए।

हालसम्म महन्थ ठाकुरपक्षमा १६ जनाले सनाखत गरेका छन् भने उपेन्द्र यादवका पक्षमा ३४ जनाले सनाखत गरेका छन्। रेशम चौधरीले पनि यादव पक्षमा सनाखत गर्ने अनुमान गरिएको छ।

 

प्रकाशित मिति: Jul 26, 2021

प्रतिक्रिया दिनुहोस्