उपेन्द्रलाई शरतसिंहको जवाफ : ‘न हामीले कहिल्यै गलत काम गरेका छौं, न आत्मग्लानी छ’
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षको पक्षमा १६ जना कार्यकारिणी सदस्य देखिएका छन् ।यादवले आफूहरुको पक्षमा अहिलेसम्म जम्मा ३४ जनाले हस्ताक्षर गरिसकेको बताए ।
५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाएको थियो । उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ ।
आफूहरुको पक्षमा १६ जनाले हस्ताक्षर गरेको ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले जानकारी दिए ।पार्टीभित्र दुइटा विचार आएको र त्यसका आधारमा पार्टीको आधिकारिताको लडाइँ चलेको भन्दै उनले भने, ‘हामीले यसलाई निष्ठाको सनाखतका रुपमा लिएका छौं ।’
विभाजन कसैको माग नभएको उनले बताए । तर उपेन्द्र यादवले आत्मालोचना गरेर आए मात्र विचार गर्ने बताएका छन् नि भन्ने प्रश्नमा भण्डारीले भने उत्पीडनमा परेकाहरुको आन्दोलनलाई बलियो बनाउन र उपेन्द्र यादवलाई उद्धार गर्न पार्टी एकता गरेको बताए ।
त्यसो भए उपेन्द्र यादवहरुसँगै बस्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘निर्वाचन आयोगको कोर्टमा बल छ । आयोगले आधिकारिकता भनेको छ, त्यो प्राप्त भएपछि के निर्णय गर्छ, हेरौं ।’माग–मुद्दा अघि सारेर सरकारलाई समर्थन गरेको भन्दै उनले भने, ‘हामी माग-मुद्दामा अडेका छौं । न हामीले कहिल्यै गलत काम गरेका छौं, न आत्मग्लानी छ ।’