आज उपत्यकाका सिडियोहरुको बैठक, निषेधाज्ञा थप्ने तयारी
काठमाडौंमा जारी निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्दैँ छ ।
कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले उपत्यकामा निषधाज्ञा थप गर्ने तयारी भइरहेको उच्च स्रोतले जानकारी दिएको छ ।
आज बस्ने ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने छ । बैठक आज ४ बजे बस्ने बताइएको छ ।
पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । यस अघि केही खुकुलो गर्दै निषेधाज्ञा थपिएको थियो । साथै काठमाडौं प्रशासनले स्वास्थ्यका मापदण्ड पालना गर्दै लामो तथा मध्यम दूरीका सवारीसाधनलाई सञ्चालन गर्नका लागि अनुमति पनि दिइसकोको छ ।