Logo
४ आश्विन २०८१, शुक्रबार
(July 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक भेटघाटमा ‘विप्लव’ व्यस्त, जसपा अध्यक्ष ठाकुरलाई पनि भेटे

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव एक सातायता राजनीतिक भेटघाटमा व्यस्त छन्। उनले केही सहयोगीसहित यो बीचमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसम्मलाई भेटेका छन्।

शुक्रबार मात्रै उनले पूर्व पञ्च र राजावादीहरु आवद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई भेटेका थिए। उक्त भेटमा दुई जनाबीच देशलाई जनमत संग्रहतिर लैजान एकमत भएको बताइएको छ।

यही भेटघाटलाई विप्लवले शनिबार पनि जारी राखेका छन्। उनले शनिबार जनता समाजवादी पार्टीका एकजना अध्यक्ष महन्थ ठाकुरसँग पनि काठमाडौंमा भेटघाट गरेका छन्। तर दुई पक्षले भेटघाटबारे विस्तृतमा केही भनेका छैनन्।

दुई पक्षबीच गत फागुन २१ गते तत्कालीन ओली सरकारसँगको तीन बुँदे सहमति कार्यान्वयन नै रहेको हुन सक्ने बताइएको छ। विप्लवले यसअघि केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र कमल थापालाई पनि भेटिसकेका छन्।

प्रकाशित मिति: Jul 24, 2021

प्रतिक्रिया दिनुहोस्