लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयको निर्देशन
लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आवश्यक सहजीकरण गर्न गृहले निर्देशन दिएको हो।
साउन ४ को मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात सञ्चालनका लागि गृहले आवश्यक व्यवस्था मिलाउने भनी निर्णय गरेको थियो।
‘त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमनसमेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न आदेशअनुसार अनुरोध छ’ गृहको परिपत्रमा भनिएको छ।
कोरोना महामारीका कारण लामो दुरीका यातायात गत वैशाखदेखि काठमाडौँ उपत्यका भित्रिन दिइएको छैन।