पाकिस्तानी प्रधानमन्त्री इमरानले दिए देउवालाई बधाई
प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन्।
आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा खानले सामाजिक सञ्जाल ट्विटरमार्फत देउवालाई सफल कार्यकालको शुभकामना दिएका हुन्।
प्रधानमन्त्री खानले आज बिहान ट्वीट गर्दै नेपालसँगको हार्दिक सम्बन्ध अझ प्रगाढ बनाइने जनाएका छन्। उनले साझा चासोका विषयमा नेपालसँग अझ नजिक रहेर कार्य गरिने विश्वास पनि व्यक्त गरेका छन् ।
I congratulate H.E. Sher Bahadur Deuba, Prime Minister of Nepal, on winning the vote of confidence from the House of Representatives. Pakistan looks forward to further deepening its cordial ties with Nepal & would continue to work closely with Nepal on issues of common interest.
— Imran Khan (@ImranKhanPTI) July 19, 2021