Logo
४ आश्विन २०८१, शुक्रबार
(July 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्‌‌ पुगे ओली, प्रधानमन्त्री देउवाले विश्वासको मत लिन छलफल सुरु [LIVE]

तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी हुनका लागि संसद्‌ भवन पुगेका छन् ।

दोस्रो बैठक सुरु हुनु पहिले उनी संसद् भवन प्रवेश गरेका हुन् ।

आइतबार नै बसेको पहिलो बैठकमा ओली संसद् बैठकमा अनुपस्थित थिए ।

पहिलो बैठक सकिएको केही समयपछि दोस्रो बैठक पनि सुरु भएको हो।

यो बैठकमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन्।

देउवालाई माओवादी, जनता समाजवादी पार्टीका दुवै समूह र नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले विश्वासको मत दिँदैछन्।

प्रकाशित मिति: Jul 18, 2021

प्रतिक्रिया दिनुहोस्