जनता समाजवादी पार्टी नेपाल संसदमा विभाजित, को कहाँ बसे ?
जनता समाजवादी पार्टी नेपाल संसदमा विभाजित भएको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका सांसद प्रतिपक्षी सिटमा बसेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष सत्तापक्षको सिटमा आसिन छन् । जसपाले कानुनी रूपमा विभाजन कुरिरहेको छ ।
निर्वाचन आयोगको इजलासमा यो पार्टीको कानुनी आधिकारिकता कसले पाउने भन्ने विषयमा सुनुवाइ भइरहेको छ । यही समयमा ठाकुर पक्षका सात सांसद यादव समूहमा लागेका छन् ।