Logo
४ आश्विन २०८१, शुक्रबार
(July 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भीम रावलद्वारा प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।

रावलले आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने बताए ।

आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताइएको छ ।

प्रकाशित मिति: Jul 18, 2021

प्रतिक्रिया दिनुहोस्