Logo
४ आश्विन २०८१, शुक्रबार
(July 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई जसपा ‘उपेन्द्र पक्ष’ को समर्थन ! सरकारमा पनि छिट्टै सहभागी हुने

जनता समाजवादी पार्टी(जसपा)को संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह भोलिदेखि सुरु हुने संघीय संसद्को अधिवेशनमा सत्ता पक्षको रोमा बस्‍ने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको संसदीय दलको बैठकले पार्टी सत्ता गठबन्धनमा रहेको र सरकारमा जाने तयारीमा रहेकाले सत्ता पक्षको रोमा बस्ने निर्णय गरेको हो ।

पार्टी नेता महेन्द्र राययादवले सत्ता पक्षको रोमा बस्‍ने भन्दै त्यसको व्यवस्था गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको बताए । ‘सरकारलाई समर्थन गरेको र सहभागी हुने तयारीमा रहेकाले सत्ता पक्षको रोमा बस्‍ने व्यवस्था गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेका छौं,’ नेता राययादवले भने ।

त्यस्तै बैठकले पार्टीबारे निर्वाचन आयोगमा भोलिदेखि हुन लागेको सुनुवाइमा आफ्नो समूहका सबै कार्यकारिणी समिति र सांसदहरू उपस्थित हुने निर्णय पनि बैठकले गरेको छ । ‘पार्टीको आधिकारिकताबारे भोलिदेखि निर्वाचन आयोगमा हुन लागेको सुनुवाइमा हाम्रो पक्षका सबै कार्यकारिणी समिति सदस्य र सांसद उपस्थिति हुने निर्णय भएको छ,’ नेता राययादवले भने ।

त्यस्तै सरकारमा जतिसक्यो छिटो जाने र जनताको सरोकार र समस्या जोडिएका मन्त्रालय प्रधानमन्त्रीसँग माग्न अधयक्षलाई नेताहरूले बैठकमा सुझाव दिएका छन् ।

प्रकाशित मिति: Jul 17, 2021

प्रतिक्रिया दिनुहोस्