पोखराका मेयर जिसीलाई मष्तिष्कघात, थप उपचारका लागि काठमाडौं ल्याउने तयारी
गण्डकी प्रदेश स्थित कास्कीको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ ।
जिसीलाई आज बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।
मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।सामान्य प्रकारका मस्तिष्कघात भएका कारण जिसीको स्वास्थ्य खतरामुक्त रहेको बताईएको छ ।
मेयर जिसीलाइ थप उपचारका लागि काठमाडौंस्थित न्युरो अस्पताल ल्याउने तयारी गरिएको छ ।