Logo
३० कार्तिक २०८१, शुक्रबार
(July 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुकको अर्थतन्त्रको अवस्था कस्तो छ ? यसो भन्छ, राष्ट बैंकको रिपोर्ट !

गत जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.१९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा गत जेठमा मूल्य वृद्धिदर ०.३५ प्रतिशत विन्दुले मात्र कम हो । गत आर्थिक वर्षको जेठमा यस्तो मूल्य वृद्धिदर ४.५४ प्रतिशत थियो ।

वार्षिक रुपमा कमी देखिए पनि मासिक रूपमा हेर्दा गत माघयता औसत मूल्यवृद्धिदर क्रमश: बढिरहेको तथ्यांकले देखाउँछ । जसअनुसार गत माघमा बजारको औसत मूल्यवृद्धिदर २.७०, फागुनमा ३.०३, चैतमा ३.१० र वैशाखमा ३.५६ प्रतिशत छ ।

चालू आर्थिक वर्षको ११ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ६.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २.६३ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तिजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमूहको मूल्यवृद्धि क्रमश: ३०.९८ प्रतिशत, ९.८४ प्रतिशत, ९.८१ प्रतिशत र ९.७० प्रतिशत रहेको राष्ट्र बैंकको ११ महिनाको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, जेठ महिनामा काठमाडौं उपत्यकामा मूल्यवृद्धिदर ३.८७ प्रतिशत, तराईमा ४.४७ प्रतिशत, पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत छ । २०७७ जेठमा काठमाडौं उपत्यकामा मूल्यवृद्धिदर ४.४३ प्रतिशत, तराईमा ४.८६ प्रतिशत, पहाडमा ४.१३ प्रतिशत र हिमालमा ४.३४ प्रतिशत रहेको थियो ।

गत जेठमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोड रुपैयाँले बचतमा थियो । चालु आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समार्फत ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १२.६ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३.२ प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति: Jul 15, 2021

प्रतिक्रिया दिनुहोस्