उच्च अदालत विराटनगरमा कार्यरत एक कर्मचारी कार्यालय परिसरमै भेटिइन् मृत
उच्च अदालत विराटनगरको इलाम इजलासकी एक जना कर्मचारी कार्यालय परिसरभित्रै मृत फेला परेकी छन् ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ घर भएकी ४८ वर्षीया विमला कुमारी पराजुली सोमवार बिहान कार्यालय परिसरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कार्यालय सहयोगी पराजुली कार्यालय परिसरमै कार्यालय पोशाकमै मृत अवस्थामा भेटिएकी छन् । घटनाको थप अनुसन्धान कार्य भइरहेको छ ।