Logo
६ माघ २०८१, आईतबार
(July 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्षसहित ८ जना पक्राउ

भारतीय नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा गैंडाकोट नगरपालिका वडा नं ६ का वडाअध्यक्ष सहित ८ जनालाई पक्राउ गरेको छन् ।

भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका वडा नं.६ बस्ने स्थानीय जमिर मिया हुन् भन्दै सिफारिस गरी नागरिकता बनाउन सघाएको आरोपमा वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित सिफारिस गर्ने वडा सदस्य पवित्रा सापकोटा र साक्षी बस्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरीले आठै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको बताएको छ ।

पक्राउ पर्नेमा नागरिकता लिने ३३ वर्षीय भारतीय नागरिक जमिर देवन, उनलाई नागरिकता दिन नक्कली बावु बनेका ५२ वर्षीय सफि अल्ला मिया, र चारजना साक्षीहरु रहेका छन् ।

वडाअध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले २०७७ चैत १ गते पहिचानबिनै वंशजका आधारमा नागरिकता बनाउनका लागि पेश गरिएको झुठो विवरणका आधारमा भारतीय नागरिकलाई नेपाली नागरिक भन्दै सिफारिस बनाइदिएको प्रहरीले बताएको छ ।

नागरिकता बनाइदिनका लागि बावु बनेका ५२ वर्षीय सफि अल्ला मियाको भने अर्घाखाँचीबाट नागरिकता बनेको देखिएकोले उनको समेत नागरिकताको सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

मियाले भारतीय नागरिक देवनलाई आफ्नै छोरा हो भन्दै आमा ममिता खातुनले सानैमा छोडेर गएको भनी झुठो विवरण पेश गरी नागरिकता बनाइदिएका थिए ।

वडाध्यक्ष सापकोटाको सहयोगमा नक्कली बुबाआमाको नाता कायम गरी जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई गएको चैत ०८ गते वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।

देवानले जन्मदर्ता प्रमाणपत्र लिएको १५ दिनभित्रै नागरिकता प्रमाणपत्र लिएका थिए । आरोपी देवनका जेठानले पनि उनी भारतीय नागरिक भएको स्वीकार गरेको प्रहरीले बताएको छ ।

गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले वडाध्यक्ष पक्राउ परेको जानकारी पाएको बताएका छन् । उनले गलत गर्नेलाई कानूनी कारबाही हुनु पर्ने बताएका छन् ।

प्रकाशित मिति: Jul 12, 2021

प्रतिक्रिया दिनुहोस्