Logo
४ आश्विन २०८१, शुक्रबार
(July 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संस्थापन पक्षले पार्टी कब्जा गर्न लागेको पौडेल पक्षको ठहर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समायोजनका नाममा संस्थापन पक्षले पार्टी कब्जा गर्न लागेको ठहर गरेको छ ।

पौडेल पक्षका नेताहरूको आज बसेको बैठकले विभिन्न जिल्लामा अन्य पार्टीबाट प्रवेश गरेको भन्दै हजारौं व्यक्तिलाई विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाएको हो ।

समायोजनका नाममा आएका क्रियाशील सदस्यताको विवादबारे समायोजन र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग वरिष्ठ नेता पौडेल लगायतले आज छलफल गरेका थिए । अनुपम फुडल्याण्डमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा. मिनेन्द रिजाललगायत थिए ।

समायोजन समितिका सदस्यहरु दिलेन्द्र बडु , दीपक गिरी, छानविन समितिका सदस्यहरू प्रदीप पौडेल, जीवन परियार, कल्याण गुरुङसमेत बैठकमा थिए । बैठकमा शीर्ष नेताहरूले विधानविपरीत आएका सदस्यताबारे कडा ढंगले प्रस्तुत हुन समितिका सदस्यहरूलाई निर्देशन दिएका छन् ।

‘धेरै जिल्लामा विभिन्न पार्टीबाट प्रवेश गरेको भन्दै मनपरी ढंगले दिइएको क्रियाशील सदस्यताले कांग्रेसभित्र कांग्रेस नै अल्पमतमा पर्ने देखियो । त्यसैले त्यस्ता सदस्यता कायम हुन नदिने विषयमा कडा ढंगले प्रस्तुत हुने निष्कर्ष बैठकले निकालेको छ’, बैठकमा सहभागी एक नेताले भने ।

आजै समायोजन समितिको बैठक बस्दैछ भने सदस्यता छानविन समितिले पनि निरन्तर काम गरिरहेको छ ।

प्रकाशित मिति: Jul 8, 2021

प्रतिक्रिया दिनुहोस्