Logo
४ आश्विन २०८१, शुक्रबार
(July 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेका ३ मन्त्रीको राजीनामा माग्दै प्रदेशसभाको बैठक अवरुद्ध, बजेट पारित हुनेमा अन्योलता

नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक बारम्बार अवरुद्ध पार्न थालेपछि बजेट पारित हुनेमा अन्योलता थपिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले १ असारमा कर्णाली प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गरेका थिए ।

प्रदेशसभामा बजेट पेश भएपछि नेकपा एमालेले बैठक बारम्बार अवरुद्ध गर्दै आएको छ । फ्लोर क्रस गरेर मन्त्री बनेका आफ्ना सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको राजीनामा माग गर्दै एमालेले संसद अवरुद्ध पार्दै आएको हो ।

एमालेले लगातार कर्णाली प्रदेशसभाको आठौं अधिवशनका १५ वटा बैठक अवरुद्ध पारेको हो । बिहीबार दिउँसो २ बजे बसेको बैठक पनि एमालेले अवरुद्ध पारेको छ ।

कर्णाली प्रदेश सरकारमा बहुमतमा नरहेको, अल्पमतमा रहेको सरकारले बहुमतमाथि शासन गर्न नपाइने भन्दै एमाले सांसद दल रावलले संसद् अधिवेशन चल्न नदिने बताए । ‘एमालेका २० जना सांसद रहेका छन्’ उनले भने, ‘२० जनालाई १८ जना रहेका माओवादी र कांग्रेसले शासन गर्न पाइँदैन ।’

आजको बैठक एमालेले अवरुद्ध पारेपछि सभामुख राजबहादुर शाहीले अर्को बैठक २७ असार दिउँसो २ बजेका लागि बोलाएका छन् ।

प्रकाशित मिति: Jul 8, 2021

प्रतिक्रिया दिनुहोस्