Logo
४ आश्विन २०८१, शुक्रबार
(July 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीले नबेहोरेपछि झलनाथ खनाललाई नियमविपरित उपचार खर्च सरकारले दियो

Jhal Nath Khanal Photo: file

भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका एमाले वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च आफ्नो पार्टीले बेहोर्ने घोषणा गरेका नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसविपरीत उनको उपचार सरकारले गर्ने गरि निर्णय गराएका छन्।

ओलीले पछिल्लो आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा खनालको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गरेका थिए। तर बिहीबार मुख्यसचिव शंकरदाश बैरागीको हस्ताक्षरसहित खनालको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय सार्वजनिक भएको छ।

निर्णयको ब्यहोरामा भनिएको छ,‘खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने। उक्त खर्च अर्थ मन्त्रालयको नाममा निकाशा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमा भुक्तानी गर्ने व्यवस्था गर्ने।’

खनाल मिर्गौलामा समस्या आएपछि हाल अपोलो अस्पतालमा उपचारमा छन्।

पछिल्लो पटक उनी ओलीका निर्णय र कार्यशैलीको विरुद्धमा अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँगै उभिएका थिए।

तर कोरोना संक्रमणसँगै स्वास्थ्यमा थप जटिलता आएपछि खनाल उपचारका लागि नयाँ दिल्ली गएका थिए। त्यहाँबाट उनले पार्टी एकताको विकल्प नभएको सन्देश सार्वजनिक गरेका थिए।

विदेशमा उपचार गराउनेको भुक्तानी सरकारले बेहोर्ने कतै व्यवस्था छैन । तरपनि खनालको खर्च सरकारले बेहोर्दैछ ।

 

प्रकाशित मिति: Jul 8, 2021

प्रतिक्रिया दिनुहोस्