Logo
४ आश्विन २०८१, शुक्रबार
(July 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी ओली र माधव नेपालबीच होटल मेरियटमा भेटवार्ता सकियो

सत्तारुढ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ५५ दिनपछि प्रत्यक्ष वान टु वान भेटवार्ता भएको छ ।

राजधानी स्थित ओली र नेपालबीच होटल मेरियटमा वान टु वान वार्तापछि ओली, नेपाल सहित ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायतका नेताहरुबीचमा सामुहिक वार्ता सुरुभएको छ ।

ओली र नेपालबीच ५५ दिनपछि आज होटलमा प्रत्यक्ष भेटबार्ता भएको हो । यसअघि ओली र नेपालबीच गत बैशाख ३० गते क्याप्टेन रामेश्वर थापाको चपली हाइटस्थित निवासमा भेटवार्ता भएको थियो ।

त्यसपछि ओली र नेपालबीचको भेटवार्ता हुन सकेको थिएन । सर्वोच्च अदालतमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश मागेर नेपाल पक्ष अध्यक्ष ओलीविरुद्ध लागिरहेका बेला दुई नेता सहित सामुहिक भेटबार्ता भएको हो ।

सर्वोच्चको संवैधानिक इजलासमा उक्त रिट निवेदनमा बहस सकिएर आगामी असार २८ गते फैसला गर्ने मिति तोकेको छ ।

प्रकाशित मिति: Jul 7, 2021

प्रतिक्रिया दिनुहोस्