Logo
४ आश्विन २०८१, शुक्रबार
(July 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले एकताका लागि ब्युँताइएको कार्यदलको बैठक निष्कर्षबिहिन

नेकपा एमाले एकताका लागि ब्युँताइएको कार्यदलको बैठक मंगलबार पनि निष्कर्षबिहिन भएको छ।

सिंहदरबारमा बसेको बैठक ठोष निष्कर्ष निकाल्न असफल भएको हो। बैठकमा सहभागी बिद्रोही पक्षका नेता गोकर्ण विष्टले हिजो भन्दा आज प्रगति भएको बताए। सहमति हुनेगरी भोलि फेरि बैठक बस्ने उनको भनाइ छ।

यस्तै बैठकमा सहभागि बिद्रोही पक्षका नेता रघुजी पन्तले आज मुल मुद्दामा प्रवेश गरेको र छलफल जारी रहेको सुनाए। उनले अध्यक्ष केपी शर्मा ओली र बिद्रोही पक्षका माधवकुमार नेपालले संयुक्त वक्तव्य जारी गर्नेबारे के भयो कुराकानी भन्ने प्रश्नमा नेता पन्तले त्यसबारे चर्चा नै नभएको बताए।

ओलीले पार्टी एकताका लागि सोमबार कार्यदल ब्यूँताएका थिए। कार्यदल ब्यूँतिएलगत्तै साँझ सिंहदरबारमा बैठक बसेको थियो। बैठकमा यसअघि अनौपचारिक रुपमा भएका पार्टी एकताका प्रयासबारे ‘ब्रिफिङ’ गरिएको थियो।

मुल मुद्दामा आज छिनोफानो गर्ने कार्यदलका नेताहरुले दाबी गरेका थिए। कार्यदलको बैठक सिंहदरबारमा बसिरहेका बेला मंगलबार नेता नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाल निवास कोटेश्वर पुगेका थिए।

प्रकाशित मिति: Jul 6, 2021

प्रतिक्रिया दिनुहोस्