महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्ष पुगे छलपलका लागि निर्वाचन आयोगमा
जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव छलफलका लागि निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।
आधिकारिकताको दावी गरेका जसपाका दुवै समुहलाई आयोगले छलफलका लागि आज बोलाएको हो । जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव समूहबीच आधिकारिकताको विवाद छ ।
दुवैले एकले अर्कालाई कारवाही गरेका छन् । आफ्नो पक्षलाई आधिकारिकता दिन भन्दै दुवैले आयोगमा उजुरी दिएका थिए ।
जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।
यादव पक्षको निवेदनपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै समुहलाई छलफलका लागि बोलाएको हो ।