Logo
९ माघ २०८१, बुधबार
(July 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगले छलफलका लागि बोलायो जसपाका महन्थ र उपेन्द्र दुवै समूहलाई

निर्वाचन आयोगले छलफलका लागि जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै समूहलाई बोलाएको छ ।

आधिकारिकताको दावी गरेका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै समूहलाई छलफलका लागि मंगलबार ११ बजे बोलाएको निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने र सहमति नभए जुन पक्षको दाबी पुग्छ त्यसैअनुसार निर्णय गर्ने प्रक्रिया सुरु गर्ने आयोगको तयारी रहेको छ ।

जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव समूहबीच आधिकारिकताको विवाद छ । दुवैले एकले अर्कालाई कारवाही गरेका छन् । आफ्नो पक्षलाई आधिकारिकता दिन भन्दै दुवैले आयोगमा उजुरी दिएका थिए ।

प्रकाशित मिति: Jul 6, 2021

प्रतिक्रिया दिनुहोस्