Logo
७ पुस २०८१, आईतबार
(July 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्कीको प्रश्न : दलीय निर्देशन ह्वीप नलगाउँदा निर्दलीयता आउँछ भने धारा ७६(५) किन राखेको?

वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले संवैधानिक इजलासमा दलीय निर्देशन ह्वीप नलगाउँदा निर्दलीयता आउँछ भनेर बडो विचित्रको कुरा आयो, त्यसो भए ७६ (५) किन राखेको भनी प्रश्न गरेका छन् ।

कार्कीले प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले धारा ७६ (५)मा दलीय निर्देशन ह्वीप नलगाउँदा निर्दलीयता आउँछ भनेर ‘विचित्रको तर्क’ गरेको बताएका छन्’

साथै निवेदक पक्षबाट जवाफ दिँदै सोमबार संवैधानिक इजलासमा कार्कीले भने, ‘निर्दलीयता आउँछ भन्ने बडो विचित्रको कुरा आयो, त्यसो भए ७६ (५) किन राखेको ?

असम्बन्धित कारण देखाउँदै प्रधानमन्त्री नियुक्त नगरेर राष्ट्रपति संविधान (क्षेत्राधिकार) भन्दा बाहिर गएको जिकिर गर्दै कार्कीले भने–‘तथापि उहाँले हार्नुभयो, अब एक मात्रै अदालतले व्याख्या गर्छ ।’ धारा ७६ (५) मा ह्वीप​ नलाग्दा दल खत्तम नहुने कार्कीले बताए ।

संविधान बनाउँदा छलफल गरेर उपधारा (५) राखिएको दाबी गर्दै कार्कीले भने–‘अहिले जानीजानी अनावश्यक तर्क गरिरहेका छन् ।’ धारा ७६ (५) मा पार्टी ह्वीप​ लाग्छ कि लाग्दैन र दलले कारबाही गर्छ वा गर्दैन भन्ने विषय राष्ट्रपतिले चासो लिने विषय नभएको उनले जिकिर गरेका छन् ।

उनले भने–‘श्रीमानबाट जिज्ञासा आएको थियो निर्दलीयता आउँदैन भनेर, गुञ्जायसै छैन श्रीमान्, शङ्का गरे लङ्का जान्छ दल खत्तम हुँदैन ।’

 

प्रकाशित मिति: Jul 5, 2021

प्रतिक्रिया दिनुहोस्