Logo
७ पुस २०८१, आईतबार
(July 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशको प्रश्न : प्रधानमन्त्री नियुक्त गर्न अदालतले आदेश दिनु संवैधानिक हुन्छ त ?

अधिवक्ता मेघराज पोखरेललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले रिट निवेदकहरूको संख्याका आधारमा प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दिनु कत्तिको संवैधानिक हुन्छ भनी प्रश्न गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस गरिरहेका अधिवक्ता मेघराज पोखरेललाई इजलासबाट प्रधानन्यायाधीश राणाले संविधानको धारा ७६ (५) को व्याख्या गर्दा अदालतले प्रधानमन्त्री तोक्न मिल्ने वा नमिल्ने विषयमा प्रश्न गरेका हुन् ।

राणाले सोधे ‘प्रधानमन्त्री नियुक्त गर्न आदेश दिनु कत्तिको संवैधानिक हुन्छ ?’ ‘१ सय ४६ जना अदालतमा आएका छन् । अब उनीहरूसँग बहुमत छ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्त गर्न मिल्छ त रु के ७६ ९५० अनुसार अदालतले त्यसो गर्नु संवैधानिक हुन्छ त ?’ राणाको प्रश्न थियो ।

अधिवक्ता पोखरेलले प्रतिनिधिसभाका बहुमत सदस्यहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन दिएको र १ सय ४६ जना अदालतमै आएकोले बहुमत पुगेको दावी गरेका थिए

। बहसका क्रममा पोखरेललाई ७६ (५) मा २ अनुसारको सदस्य किन उल्लेख गरियो ? भन्ने प्रश्न पनि इजलासबाट सोधिएको थियो ।

प्रकाशित मिति: Jul 4, 2021

प्रतिक्रिया दिनुहोस्