Logo
५ आश्विन २०८१, शनिबार
(July 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मनमर्जी’ गर्दै माधव नेपाल समूह, केन्द्रीय समिति बैठकले दिएको निर्देशन नमान्ने

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट २३ सांसदसँग छलफल गरेका छन्।

ओली पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्ने सांसदहरुलाई सोमबार साँझ ५ बजेसम्ममा हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएपछि नेता नेपालले आफू निकट सांसदसित छलफल गरेका हुन्।

सांसद रामकुमारी झाँक्रीले पछिल्लो घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिइन्। भेटमा नेता नेपालले अध्यक्ष केपी ओलीसित भएको टेलिफोन कुराकानीबारे सांसदहरुलाई जानकारी गराएका थिए।

सांसद झाँक्रीले अवैधानिक कमिटीको नाममा भएको बैठक र त्यसले दिएको अल्टिमेटमको कुनै अर्थ नराख्ने भन्दै आफूहरु पूर्ववत अडानमा प्रष्ट रहने निष्कर्ष निकालिएको बताइन्।

‘अवैध कमिटीका रूपमा बसेको बैठकले दिएको निर्देशन मान्नु कुनै जरुरी छैन,’ उनले भनिन्, ‘हामी आफ्नो अडानमा यथावत् छौं। वैधानिक रूपमा एमालेकै जेठको २ को अवस्थाको बैठक बसे मात्रै सहमति हुन्छ।’

अध्यक्ष ओलीसँग भएको कुराकानीमा पनि नेता नेपालले अहिलेकै परिस्थितिमा एकता प्रक्रिया अघि नबढ्ने बताएका थिए । यसरी हेर्दा नेपाल समूह मनमर्जी गर्दैछ भने उक्त समूहले केन्द्रीय समिति बैठकले दिएको निर्देशन मान्ने देखिन्न ।

प्रकाशित मिति: Jul 3, 2021

प्रतिक्रिया दिनुहोस्