Logo
७ पुस २०८१, आईतबार
(July 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटनबिरुद्धको रिटमा सरकारी पक्षको बहस सकियो

संसद् विघटन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीको बहस सकिएको छ ।शुक्रबार संवैधानिक इजलासमा प्रधानमन्त्रीका तर्फबाट ११ जना कानुन व्यवसायीले बहस गरेका छन् ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस छ ।इजलासले सभामुख तर्फबाट कानुन व्यवसायीलाई दुई घण्टाको समय तोकेको छ ।

प्रधानमन्त्रीको तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ताहरू रमेश गुरागाईं, विष्णुमणी अधिकारी, ईश्वरीप्रसाद भट्टराई, अधिवक्ताहरू भोजराज आचार्य, बाबुराम दाहाल, सिपी रेग्मी, बलबहादुर राई, शान्तिदेवी खनाल, विष्णुमाया भुसाल, अनन्त लुईँटेल र लोकनाथ खरेलले बहस गरेका छन् ।

असार १६ मा प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, डा. सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका थिए । यस्तै, असार १७ मा वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका थिए ।

 

प्रकाशित मिति: Jul 2, 2021

प्रतिक्रिया दिनुहोस्