Logo
५ आश्विन २०८१, शनिबार
(July 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालबाट सबैभन्दा बढी निर्यात हुने पाम तेलको व्यापारमा भारतले लगाएको रोक हट्यो

भारतले आयात प्रतिबन्ध लगाएपछि नेपालबाट सबैभन्दा बढी निर्यात हुने पाम तेलको व्यापार डेढ वर्षदेखि ठप्प प्रायः थियो । करिब डेढ एक वर्षपछि भारतले प्रतिबन्ध फुकुवा गरेसँगै नेपालका लागि पाम तेल निर्यात गर्ने बाटो खुलेको छ ।

भारतले २०७६ पुस अन्तिम साताबाट पाम तेलको आयातमा प्रतिबन्ध लगाएको थियो । जतिबेला नेपालबाट निर्यात हुने वस्तुमा पाम तेलको हिस्सा उच्च थियो । डेढ वर्षपछि भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले पाम तेलको आयात खुला गरेको जनाएको छ ।

नेपालमा पाम तेलको उत्पादन नभए पनि व्यवसायीले मलेसिया र इन्डोनेसियाबाट आयात गरेर भारत निर्यात गर्दै आएका थिए । भारतले पाममा प्रतिबन्ध लगाएपछि नेपाली व्यवसायीहरूले अर्जेन्टिना तथा ब्राजिलबाट भटमास आयात गरेर भारत निर्यात गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा लगातार १८ अर्ब रुपैयाँभन्दा बढीको पाम तेल भारत निर्यात भएको थियो । चालु वर्षमा भने ४२ अर्बभन्दा बढीको भटमासको तेल निर्यात भएको छ । भारतले पाम तेलको आयात खुला गरेसँगै नेपालको निर्यात व्यापार वृद्धिमा सहयोग पुग्ने देखिन्छ ।

प्रकाशित मिति: Jul 1, 2021

प्रतिक्रिया दिनुहोस्