Logo
७ पुस २०८१, आईतबार
(June 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले सर्वोच्च अदालतले यसअघि नै सरकारले ल्याएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न आदेश दिइसकेको भन्दै कार्कीलाई नियुक्ति नदिन आदेश दिएको हो ।

मन्त्रिपरिषद बैठकले वैशाख २५ गते बहराइनको राजदूतमा नियुक्ति सिफारिस गरेको थियो । तरराजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ मा राजदूतका लागि स्नातक उतीर्ण हुनुपर्ने व्यवस्था रहेको छ ।

तर सरकारले वैशाख २५ गते उक्त निर्देशिका संशोधन गरी मन्त्रीको रुपमा सेवा गरिसकेको व्यक्तिको हकमा यो दफा लागू हुने छैन भन्ने व्यवस्था राखेको थियो । र सोही दिन पूर्वमन्त्री कार्कीलाई राजदूतमा सिफारिस गरेको थियो ।

तर सर्वोच्च अदालतले निर्देशिकाको संशोधन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

हेर्नुहोस् आदेश

 

प्रकाशित मिति: Jun 27, 2021

प्रतिक्रिया दिनुहोस्