Logo
५ आश्विन २०८१, शनिबार
(June 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सुरक्षा कार्यक्रम : अब उपचार्थ लागेको ८० प्रतिशत रकम अस्पतालमै छूट पाइने

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब बिरामी भएमा उपचार गर्दा लाग्ने खर्च अस्पतालबाटै छूट पाउने भएका छन् ।

सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी साउनदेखि योगदानकर्ता बिरामी भएको खण्डमा उपचार खर्च अस्पतालबाटै छूट दिनेगरी सामाजिक सुरक्षा कोषले तयारी अघि बढाएको हो ।

कोषका अनुसार हाल उपचारपछि बिल पेश गरेर मात्रै योगदानकर्तालाई कोषबाट दावी भुक्तानी दिइन्थ्यो, यो व्यवस्था झन्जिटिलो भएको गुनासो आएपछि सिँधै बिल भुक्तानी गर्दा ८० प्रतिशतसम्म अस्पतालबाटै छूट दिनेगरी तयारी अघि बढाइएको छ ।

यो सेवा सुरु भएपछि वर्षभरीमा योगदानकर्ताले उपचारवापत १ लाख बराबरको सेवा अस्पतालबाट लिदाँ २० प्रतिशत मात्रै तिरे पुग्नेछ ।
‘अब उपचार गराउँदा लागेको खर्च कोषमा दावी गर्न आइराख्नु पदैन्, योगदानकर्तालाई सिँधै अस्पतालबाट छूट दिनेगरी हामी लागिरहेका छौं,’ कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले बताए ।

उनका अनुसार अस्पतालबाट सिँधै छूट दिनका लागि अहिले धमाधम सम्झौता भइरहेको छ । काठमाडौं उपत्यकाका सहित प्रदेशमुकाममा रहेका करिब १ सय ५ अस्पतालसँग छूट दिनेसम्बन्धमा अहिलेसम्म सम्झौता सम्पन्न भइसकेको छ । प्रदेश १ का २०, प्रदेश २ का १६, बागमती प्रदेशका २०, गण्डकीका आठ, लुम्बिनीका १४, कर्णालीका १० र सुदूरपश्चिमका १७ अस्पतालसँग सम्झौता गरिएको कोषका अधिकारीहरुले बताएका छन् । सम्झौता भएका अस्पतालको सुचीमा काठमाडौंका वीर, शिक्षण अस्पताल समेत छन् ।

प्रत्येक प्रदेशमा कम्तिमा १० ओटा अस्पतालबाट छूट दिनेगरी सम्झौता योजना अघि बढाइएको र अहिले त्यसभन्दा बढि नै अस्पतालहरुसँग सम्झौता भइरहेको निर्देशक ज्ञवालीको भनाई छ ।

‘दोस्रो चरणको कोभिड सुरु भएको छ, बन्दाबन्दी भएन भएन भने असारसम्ममा देशभरका अस्पतालहरुसँग सम्झौता गरेर साउनबाटै योगदानकर्तालाई छूट दिनेगरी अघि बढेका छौं,’ ज्ञवालीको भनाई छ ।

सम्झौता भएका अस्पतालमा योगदानकर्ताले उपचार गराउँदा लागेको खर्च कोषले ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ अनुसार छूट दिएको रकम कोषसँग दाबी गरेपछि अस्पतालले पाउनेछ । पछिल्लो समय सामाजिक सुरक्षा कोषले कार्यक्रमहरुलाई व्यवहारिक बनाउदै लगेको छ । यसले गर्दा आकर्षण पनि बढ्दो छ ।

२०७५ मंसिर ११ गते सञ्चालनमा आएको सामाजिक सुरक्षा योजनामा हालसम्म करिब १३ हजार आठ सय प्रतिष्ठानमा कार्यरत १ लाख ९८ जना योगदानकर्ता सहभागि भइसकेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ ।

प्रकाशित मिति: Jun 27, 2021

प्रतिक्रिया दिनुहोस्