Logo
७ पुस २०८१, आईतबार
(June 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसदहरुले स्वतन्त्ररुपमा सरकार बनाउन भनेर नै संविधानमा धारा ७६ (५)व्यवस्था राखेको हो : कुँवर

वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले संविधानको धारा ७६ (५) अनुसार जनताले चुनेर पठाएका प्रतिनिधिले संसद जोगाउन सक्छन् भनेर नै संविधान निर्माताले यो व्यवस्था राखेको बताए छन् ।

आइतबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि बहस गर्दै उनले सरकार बनाउन दलहरु असफल भए पनि सार्वभौम जनताले चुनेर पठाएका प्रतिनिधिले संसद जोगाउन सक्छन् भनेर नै संविधान निर्माताले यो व्यवस्था राखेको बताए ।

‘धारा ७६ (५)मा सांसदको भूमिका ७६ (२) मा जस्तो दलका सदस्यको रुपमा खोज्नु हुँदैन,’ उनले भने, ‘उपधारा २ दलको निर्णयको कुरा हो भने उपधारा ५ बमोजिम सांसदले व्यक्तिगत रुपमा दावी गर्न र समर्थन गर्न सक्छन् ।’

धारा ७६ (५) को उपयोगिता स्वायत्त रहेका कारण कुनै पनि संसद सदस्य प्रधानमन्त्री हुन सक्ने उनको तर्क छ । ‘त्यसमा दलीय ह्वीप लाग्ने कुरै हुन सक्दैन, यस अनुसार शेरबहादुर देउवाको दाबीमा स्पष्ट बहुमत छ र उहाँ पिएममा नियुक्त हुनुको विकल्प छैन ।’

धारा ७६ (४) अनुसार विश्वासको मतको प्रयोग संसदमा कि राष्ट्रपति कार्यालयमा गर्ने भनेर न्यायाधीशहरूले सोध्दै आएको सन्दर्भमा केन्द्रित हुँदै उनले राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्तका लागि आह्वान भएपछि दलहरुले स्वीकार गरेर दुईवटा दावी परेको उल्लेख गरे ।

राष्ट्रपतिले संविधान र संवैधानिक व्यवस्थाविरुद्ध गरेको निर्णयलाई अदालतले खारेज गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: Jun 27, 2021

प्रतिक्रिया दिनुहोस्