संसद् विघटनविरुद्धको मुद्दामा रिट निवेदक पक्षको बहस आज सकिदैँ, आजै सरकारी पक्षको शुरु हुने
संसद् विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुँदै छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमा अहिले निवेदक पक्षका कानून व्यवसायीले बहस गरिरहेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकका लागि १२ घण्टा समय दिइएको थियो । शुक्रबारको बहस सकिँदासम्म २ घण्टा ३५ मिनेट बाँकी रहेको छ ।
आज रिट निवेदकको पक्षबाट हुने बहस सकिने छ । आज निवेदक पक्षको बहस सकिएसँगै विपक्षीबाट बहस सुरु हुनेछ । विपक्षीको तर्फबाट बचाउ गर्नका लागि १५ घण्टाको समय तोकिएको छ । संवैधानिक इजलासमा यही असार ९ गतेबाट संसद् विघनविरुद्धको मुद्दा केन्द्रित वहस भईरहेको छ ।