Logo
१३ मंसिर २०८१, बिहीबार
(June 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा गुण्डाराज : वडा अध्यक्षको समुहद्वारा अन्धाधुन्ध कुटपिटबाट, १५ घाइते

प्रदेश २ मा दिनानुदिन आपराधिक घट्ना बढ्न थालेको छ । भारतको बिहार जस्तै प्रदेश २ मा जनप्रतिनिधिका नाममा गुण्डागर्दी बढ्न थालेको हो ।
स्थानीय एक पालिकाका मेयरलाई सघाएको आरोपमा सिमावर्ती जिल्ला रौतहटको मौलापुरमा दुई पक्ष बिच भएको झडपमा १५ जना घाइते भएका छन ।

घाइते हुनेहरुमा स्थानिय मर्यादपुरका भरत साह सोनार, नयन देवि, सुहन साह सोनार, अन्जु देवी, श्यामा देवि, किसुन साह सोनार,रामजी साह सोनार, धर्मेन्द्र साह, हृदय नारायण यादव, जगरनाथ कुश्वाह, पन्नालाल यादव, शिवपुजन महतो, रमिता देवी, असिया देवि रहेका छन् ।

असार १० गते मौलापुर नगरपालिकाको नगरसभा बिथोल्न भएको प्रदर्सनमा मेयरको पक्षमा लागेर नगर आन्दोलन गरेको भन्दै विपक्षी समुहले आज मौलापुरमा कुलोको बहानामा स्थानीयलाई कुटपिट गरेको घाइतेहरुले बताएका छ्न ।

“कुलो बहाना मात्रै हो । उनिहरुले योजनाबद्ध तरिकाले हामी माथी हमला गरे ।” मौलापुरको क्लिनिकमा उपचारका क्रममा रहेका भुवाल साह सोनारले भने “वडा न १ का अध्यक्ष रामप्रवेस राय यादवले एक्कासि समुहमा हाम्रो परिवार माथी हमला गर्यो ।” वडा अध्यक्ष यादवकै नेतृत्वमा मौलापुरको नगरसभा बिथोल्ने कार्यक्रम थियो ।

कुलो भन्दा पनि राजनीतिक र जातिय रिसिवि हिसाबले आफुहरुलाइ वडा अध्यक्षको समुहले आक्रमण गरेको अर्का घाइते भरत साह सोनारले बताए ।

आक्रमण गर्ने समुहलाइ तत्काल पक्राउ गरि कानुनी कारवाही हुनु पर्ने घाइतेहरुको माग रहेको छ । घटनाका दोषीहरुलाइ कारवाही नगरे प्रशासन विरुद्ध आन्दोलन गर्ने उनीहरुले बताए ।

घटनामा संलग्न रहेका २ जना आरोपिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रशासले बेवास्ता गरेको भन्दै स्थानीय र घाइते पक्षले इलाका प्रहरी कार्यालय माैलापुरमा घाइते नैना देवीलाई राखेर प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: Jun 26, 2021

प्रतिक्रिया दिनुहोस्