स्याङ्जामा चट्याङले लागेर एक किशोरको मृत्यु
गण्डकी प्रदेश स्थित स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका-२ घडेरीका १५ वर्षीय रोहित गुरुङको चट्याङले लागेर मृत्यु भएको छ।
घरमा सुतिरहेका बेला शुक्रबार करिब ५ बजे रोहितलाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए।
घटनाको थप विवरण संकलन गर्न प्रहरी निरीक्षक अर्जुन विकको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ पठाइएको अधिकारीले बताए।