Logo
५ आश्विन २०८१, शनिबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीसँग सत्ता साझेदार जसपा ठाकुर समूहप्रति यादव पक्ष थप ‘क्रुर’ ! अदालतमा जाने पक्का

जनता समाजवादी पार्टी (जसपा) विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने पक्का भएको छ । अल्मतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अर्का अध्यक्ष उपेन्द्र यादव समूहले अदालतमा मुद्दा दर्ता गर्न लागेको हो ।

भट्टराई-यादव समूहको तर्फबाट अधिवक्ता दिपक राईलगायतका अधिवक्ताहरुले मुद्दा दर्ताको लागि तयारी सुरु गरेका हुन् ।

‘अर्काे प्रयोजनको लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुरलगायतले दुरुप्रयोग गरेर निर्वाचन आयोगमा पेस गर्नु भएछ,’ अधिवक्ता राईले भने, ‘कीर्ते जालसाक्षी लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौँ । यस्तो कसुर चाहिँ दुनियावादी फौजदारी मुद्दाको रुपमा दर्ता मिल्छ यही अनुसार दर्ता गर्न लागेका छौँ । यसमा विपक्षी महन्थ ठाकुरलाई नै बनाइन्छ ।’

जसपाको भट्टराई–यादव समूहले आफ्नो समूह जसपाको आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेको छ ।

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्