Logo
५ आश्विन २०८१, शनिबार
(June 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ निकट सरकारमा सहभागि ९ जनालाई उपेन्द्र पक्षद्वारा पार्टीबाट निष्कासित (निर्णयसहित)

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले केपी शर्मा ओली नेतृत्वको सरकारमा गएमा महन्थ यादव पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

बिहीबार बसेको उपेन्द्र–बाबुराम पक्षीय कार्यकारिणी समितिको बैठकले ओली सरकारमा गएका राजेन्द्र महतोसहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।

२०७८/०३/०३ गते जनता समाजवादी पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले गरेको मुख्य निर्णयहरु

१. अध्यक्ष उपेन्द्र यादव र डॉ बाबुराम भट्टराई पक्षले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने ।

२. पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

३. बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

४. चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ।

५. बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

६. बाढ़ी पहिरो पीड़ितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति: Jun 17, 2021

प्रतिक्रिया दिनुहोस्