संसद विघटन मुद्दा : राष्ट्रपतिले सर्वोच्च अदालतलाई पठाएको जवाफ कस्तो छ ? [पूर्णपाठ]
संसद विघटनविरुद्ध परेको मुद्दामा राष्ट्रपति कार्यालले सर्वोच्च अदालतलाई जवाफ दिएको छ । राष्ट्रपति कार्यालयले दुवै दाबीकर्ताले विश्वासको मत पाउने आधार नदेखिएकाले दाबी नपुग्ने गरी निर्णय गरेको जवाफ दिएको हो ।
‘संविधानको धारा ७६ को उपधार ५ को व्यवस्थाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेको अवस्थामा मात्रै उपधारा २ बमोजिमको सदस्यलाई राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्ती हुने हो । सम्माननीय राष्ट्रपति समक्ष पेश गरिएका दुवै दाबी अध्ययन हुँदा प्रतिनिधिसभा विश्वासको मत पाउन आधार नदेखिएकोले नै दुवै दाबीकर्ता माननीय सदस्यको दाबी नपुग्ने गरी निर्णय गर्नु भएको हो,’ जवाफमा भनिएको छ ।
राष्ट्रपति कार्यालयका तर्फबाट निमित्त सचिव रूपनारायणले महान्यायाधिवक्ताको कार्यालमार्फत लिखित जावाफ दिएका हुन् ।