बाढीपहिरोले देशैभर बितण्डा मच्चाउँदै, प्रधानमन्त्रीले डाके विपद्बारे छलफल गर्न ‘आकस्मिक’ बैठक !
बाढीपहिरोले बर्खा लागेसँगै देशैभर बितण्डा मच्चाउन थालेको छ । जसकारण सिन्धुपाल्चोकसहित देशका विभिन्न जिल्लाबाट ठूलोमात्रमा जनधनको क्षती भएको छ ।
लगातार परिरहेको पानीका कारण आएको बाढी तथा पहिरोले मुलुकका विभिन्न स्थानमा क्षति भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।
केही बेरमा बस्ने बैठकमा गएरातिदेखि परिरहेको पानीका कारण आएको बाढी तथा पहिरोले मुलुकका विभिन्न जिल्लामा क्षतिको स्थितिबारे समीक्षा हुने विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणकी रञ्जना श्रेष्ठले जानकारी दिइन् । प्रतिकार्य कसरी गर्ने भन्ने विषयमा पनि निर्णय हुने उनले जानकारी दिइन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्य रहन्छन् ।
यसअघि बिहान गृहमन्त्री अध्यक्ष रहने विपद् जोखिम तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको थियो । श्रेष्ठका अनुसार मनसुनको क्षति कसरी न्युनिकरण गर्ने र भइसकेको क्षतिबाट पीडितलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल हुनेछ ।