Logo
१२ मंसिर २०८१, बुधबार
(June 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा ग्यास बिस्फोटन हुँदा १२ जनाको मृत्यु, एक सयभन्दा बढी व्यक्ति घाइते

चीनमा ग्यास बिस्फोटन हुँदा १२ जनाको मृत्यु भएको छ ।चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ ।शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६.३० बजे उक्त बिस्फोट भएको थियो ।

बिस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो ।खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति: Jun 13, 2021

प्रतिक्रिया दिनुहोस्