Logo
९ मंसिर २०८१, आईतबार
(June 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेता पृथ्वीसुब्बा गुरुङको पनि दाबी

मुख्यमन्त्रीको पदबाट पदमुक्त भएका नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

गण्डकी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीको पदबाट पदमुक्त भएका थिए । गुरुङका प्रेस संयोजक बिक्रम न्यौपानेका अनुसार जसपाका केन्द्रीय सदस्य शंकर गौतम, तत्कालीन राजपा गण्डकी संयोजक अनिल परियारको पत्र र राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफू संसदीय दलको नेता भएकाले आफ्नो पार्टीको समर्थन गुरुङलाई रहेको भन्ने पत्रसाथ मुख्यमन्त्री गुरुङले पनि दावी गरेका हुन् ।

यसअघि शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

 

 

प्रकाशित मिति: Jun 12, 2021

प्रतिक्रिया दिनुहोस्