गण्डकीमा मुख्यमन्त्री दावी गर्न मनाङेसहित पोखरेल पुगे प्रदेश प्रमुखको कार्यालय
नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।
नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो दल काँग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि दाबी पेस गर्न प्रदेश प्रमुख समक्ष गएका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्य, राष्ट्रिय जनमोर्चा संसदीय दलकी नेता पियारी थापा, स्वतन्त्र सांसद दीपक मनाङे र गठबन्धनका नेता कुमार खड्काले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष हस्ताक्षर बुझाएका छन् ।
बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । प्रदेश प्रमुख सीता पौडेलले शुक्रवार संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।