सत्तारुढ दल एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित, जेठ ३० अर्को बैठक गते बस्ने
सत्तारुढ नेकपा एमालेका सदस्यहरूले अवरोधका कारण गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ ।
आजको बैठक सुरू हुनासाथ सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चाका सांसद कृष्णबहादुर थापालाई सम्बन्धित दलले पदमुक्त गरेको सूचना पढेर सुनाएका थिए ।
लगत्तै एमालेका सांसदहरूले प्रदेशसभाको बैठकमा सरकारको प्रतिनिधि उपस्थित नभएको भन्दै बैठक अगाडि नबढाउन माग गरेका थिए ।
‘प्रदेशसभाको बैठकमा मन्त्रिपरिषदको सदस्य उपस्थित हुनैपर्ने व्यवस्था छ तर आज कोही उपस्थित नभएकोले बैठक रोकियोस्’, एमाले सांसदको माग थियो । त्यसपछि सभामुख अधिकारीले जेठ ३० गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।