Logo
९ मंसिर २०८१, आईतबार
(June 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे पदमुक्त

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ पदमुक्त भएका छन् ।विश्वासको मत नपाएपछि पदमुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेलाई पदमुक्त गरेका हुन् ।

मुख्यमन्त्री गुरूङले मनाङेलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई बुझाएको प्रेस संयोजक बिक्रम न्योपानेले जानकारी दिए ।मुख्यमन्त्री गुरुङले बिहीबार संसदबाट विश्वासको मत लिँदा मन्त्री मनाङे अनुपस्थित भएका थिए ।

सरकारका बहालवाला मन्त्री नै सरकारलाई विश्वासको मत नदिएपछि पदमुक्त गरिएको न्यौपानेले बताए ।

प्रकाशित मिति: Jun 11, 2021

प्रतिक्रिया दिनुहोस्