Logo
५ आश्विन २०८१, शनिबार
(June 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तत्काल प्रधानमन्त्री बन्ने शेरबहादुर देउवाको योजना तुहियो

तत्काल प्रधानमन्त्री बन्ने शेरबहादुर देउवाको योजना अन्ततः तुहिएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउका लागि परमादेश माग गर्दै अदालतमा दायरभएको रीटमा आदेश दिन सर्वोच्चले उचित नठानेसँगै देउवाको योजना तुहिएको हो ।

देउवाले सर्वोच्च अदालतको आदेशको बलमा संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्ने चाहना राखेका थिए ।

सर्वोच्चको संवैधानिक इजलासले बुधबार देउवा सहितका १४६ सांसदको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरेर अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै देउवाको तत्काल प्रधानमन्त्री बन्ने योजना तुहिएको हो। जेठ ७ गते गते देउवाले संविधानको धारा ७६(५) अनुसार बहुमत सदस्यको प्रधानमन्त्रीमा दावी गर्दै राष्ट्रपतिसमक्ष प्रस्ताव पेश गरेका थिए । तर राष्ट्रपतिले त्यसलाई मान्यता दिएकी थिइनन् ।

बरु राष्ट्रपतिले नयाँ सरकार बन्न नसकेको भन्दै जेठ ७ गते मध्यराति प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा भंग गरिदिएकी थिइन् । उक्त घोषणा असंवैधानिक भन्दै काँग्रेस, माओवादी, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव समूहसहितको विपक्षी गठबन्धन अदालत पुगेको थियो ।

देउवा सहितका सांसदहरुको रिटमा काँग्रेस सभापति शेरबहादुर देउवालाई परमादेश मार्फत प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको थियो । अब अदालतमा असार ९ देखि सुनुवाइ हुनेछ भने त्यसपछि मात्रै मुद्दाको टुंगो लाग्नेछ ।

बुधबारको संवैधानिक इजलासको आदेशमा सरकारसँग लिखित जवाफ माग्ने,मुद्दामा ‘एमिकस क्युरी’ झिकाउने, बहसको समय तोक्ने लगायतका विषय उल्लेख छ ।

प्रकाशित मिति: Jun 9, 2021

प्रतिक्रिया दिनुहोस्