Logo
७ मंसिर २०८१, शुक्रबार
(June 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिदैँ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका छन् ।

आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भए अनुसार सरकारले आज विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मङ्लबारका लागि सरेको नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले जानकारी दिए ।

सुदूरपश्चिममा नेकपा (एमाले)को समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन यही जेठ १० गते फिर्ता लिएको थियो ।

प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्रीसमेत फेरबदल गरेको थियो ।

प्रकाशित मिति: Jun 7, 2021

प्रतिक्रिया दिनुहोस्