Logo
७ पुस २०८१, आईतबार
(June 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन

संसद विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ ।

यसअघि गठित इजलासका दुई न्यायाधीशमाथि विपक्षी गठबन्धका वकिलले प्रश्न उठाएपछि विवाद भएको थियो । इजलासमा रहेका दुई न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलास छाडेर हिडेपछि प्रधान न्यायाधीशले इजलास पुनर्गठन गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको इजलासमा अब बरिष्ठताका आधारमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।

वरिष्ठताका आधारमा हरिकृष्ण कार्की भने इजलासमा परेनन् । कार्की र भट्टराई यसअघि गठित इजलासमा पनि थिए । रिटहरुमाथि आजैबाट सुनुवाई हुनेछ ।

प्रकाशित मिति: Jun 6, 2021

प्रतिक्रिया दिनुहोस्