Logo
१३ मंसिर २०८१, बिहीबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जातीय विभेदले मुलुकको शान्ति र विकासमा अवरोध : अहिराज

प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश अहिराजले जातीय विभेदले मुलुकको शान्ति, विकास र समृद्धिमा अवरोध पुग्ने भएकाले समाजमा विद्यमान विभेदकारी कुप्रथा अन्त्यका लागि सबै सरोकारवाला सक्रिय लाग्न सम्पूर्णलाई आग्रह गरेका छन् ।

‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ अवसरमा प्रदेश प्रमुख अहिराजले जातीय विभेद तथा छुवाछूतमुक्त राष्ट्रमा विभेदकारी कुप्रथा हुन नहुनेमा जोड दिएका हुन् ।

प्रदेश प्रमुखद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विसं २०६३ जेठ २१ गते नेपाल सरकारले जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरे अनुसार नेपालमा जातीय छुवाछूत, उत्पीडन र विभेदको अन्त्य गर्न राष्ट्रिय दलित आयोगलाई संवैधानिक अङ्गको मान्यता दिइएको छ र राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिता हुने कुरा संविधानको मौलिक हकले सुनिश्चित गरेको छ । हाम्रो विविध जातजाति र धर्म संस्कृतिबिचको एकता नै हाम्रो समाजको विशेषता हो भन्ने देखाएको छ । यही भावना र सोच हामीमा कायम भइरहोस् ।’

जातीय तथा अन्य छुवाछूत र भेदभाव कसुर र सजाय ऐन २०६८ संशोधन २०७५ र जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय नियमावली, २०७४ जस्ता कानुन निर्माण भई कार्यान्वयनमा गइसकेकाले जातीय तथा छुवाछूत विभेद नगर्न र यदि गरेको खण्डमा कसुरदारलाई कैद र जरिवानाको समेत व्यवस्था गरिएको उनले प्रस्ट्याएका छन् ।

यसबाट दलित समुदायमाथि भएका विभेद र उत्पीडन क्रमशः अन्त्य हुने आधार निर्माण हुँदै गएको महसुस भएको जनाउँदै प्रदेश प्रमुख अहिराजले जातीय भेदभाव तथा छुवाछूत रहित समाज निर्माण गर्ने प्रेरणा सबैलाई मिल्ने विश्वास ब्यक्त गरेका छन् ।

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्