Logo
७ पुस २०८१, आईतबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नियमावली संशोधन नगर्ने सर्वोच्चको निर्णय, अहिलेकै रोस्टरबाट इजलास गठन हुने

संवैधानिक इजलास गठनको प्रयोजनका लागि नियमावली संशोधन नहुने भएको छ । प्रतिनिधि सभा विघटनको मुद्दा हेर्ने उक्त बारे यसअघि धेरै चर्चा परिचर्चा भएको थियो ।

सर्वोच्चका सबै न्यायाधीश सम्मिलित ‘फूलकोर्ट’को शुक्रवार बसेको अनलाइन बैठकले वरिष्ठतम् न्यायाधीशलाई राखेर संवैधानिक इजलास गठन गर्न कुनै बाधा नरहेकाले नियमावली संशोधन गर्नु नपर्ने निष्कर्ष निकालेको हो ।

यससँगै हाल कायम रोस्टरबाटै संवैधानिक इजलास गठन हुने भएको छ । साथै आजको बैठकले निषेधाज्ञा अवधिभर बन्दी प्रत्यक्षीकरण र संवैधानिक प्रश्नसम्बन्धी मुद्दाहरू मात्र हेर्ने गरी हालकै व्यवस्थालाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

यसअघि सर्वोच्च बारका पदाधिकारीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर वरिष्ठतम् न्यायाधीशहरूको सहभागिता सुनिश्चित हुने गरी इजलास गठन गर्ने व्यवस्थाका लागि नियमावली संशोधन गर्न सुझाव दिएका थिए ।

उक्त सुझावलाई स्वीकार्दै प्रधानन्यायाधीश जबराले नियमावली संशोधनको मस्यौदा तयार पार्न मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई तत्कालै निर्देशन दिएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिएका थिए ।

त्यसपछि सुनुवाइ यही जेठ २३ गतेसम्मका लागि स्थगित भएको थियो । अबको इजलास गठन गर्नुअघि नियमावली संशोधन हुने बताइएको थियो ।

 

 

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्