भारतमा भाजपाका नेता राकेश पण्डितको गोली हानि हत्या
छिमेकी मुलुक भारतको जम्मू-कश्मीरको पुलवामा जिल्लामा भारतीय जनता पार्टीका एक जना नेतालाई गोली हानी हत्या गरिएको छ ।
भाजपा पार्षद राकेश पण्डितलाई संदिग्ध चरमपन्थी समूहका तीन व्यक्तिले गोली हानी हत्या गरेका हुन् ।यो घटना पुलवामा जिल्लाको त्राल पायीन क्षेत्रमा भएको हो ।
गोली लागेलगत्तै घाइते भएका नेता पण्डितलाई अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषणा गरे ।सुरक्षा गार्डबिनै आफ्ना साथीलाई भेट्न गएका बेला नेता पण्डितमाथि आक्रमण भएको हो ।