Logo
३ माघ २०८१, बिहीबार
(May 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना खोप खरिदमा सहजीकरण गरिदिन चीनलाई राष्ट्रपति भण्डारीको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गरेकी हुन् । बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहीआएको र नेपालले मागेको सहयोगबारे अधिकारीहरुसँग बुझ्ने बताएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।

‘कोभिड-१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु हाम्रो पहिलो दायित्व बनेको छ त्यसैले नेपाली जनतालाई आवश्यक पर्ने मात्रामा चीनबाट खोप खरिद गर्न हामी इच्छुक छौं, यस प्रक्रियामा सहजीकरण गरिदिन म महामहिम राष्ट्रपतिलाई आग्रह गर्दछु’ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसँगको कुराकानीमा भनिन् ।

‘यहाँको अनुरोधलाई मैले मनन गरेको छु, हामी नेपाललाई सहयोग गर्न सधैं तत्पर छौं’ कुराकानीमा क्रममा राष्ट्रपति सीले भने । दुई राष्ट्रपतिबीचको कुराकानीबारे परराष्ट्र मन्त्रालयले छिट्टै विस्तृत विवरण सार्वजनिक गर्ने राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले बताए ।

 

प्रकाशित मिति: May 26, 2021

प्रतिक्रिया दिनुहोस्