Logo
३ माघ २०८१, बिहीबार
(May 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महामारीविरुद्ध नेपालका राजनीतिक दललाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले कोरोना महामारीको बेला संयुक्तरुपमा अघि बढ्ने सम्बन्धमा नेपालका राजनीतिक दलका नेताहरुसँग  भर्चुअल छलफल गरेको छ ।

छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस विदेश विभाग प्रमुख डा. नारायण खड्का, मजदूर किसान पार्टीका अध्यक्ष नारायमान बिजुक्छे, राप्रपा अध्यक्ष पशुपति शमशेर जबरा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी रहेको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी०को अन्तर्राष्ट्रिय विभागका उपप्रमुख चेन झोउले अध्यक्षता गरेको अनलाइन छलफलमा सीपीसीका मन्त्री सोङ ताओले की(नोट स्पिच प्रस्तुत गरे ।

उक्त भर्चुअल सत्रबाटै चीनले महामारीविरुद्ध लड्न नेपाली राजनीतिक दलहरुलाई उनीहरुको हैसियत र आकार अनुसार हाइड्रोजन अक्सिजन जेनेरेटर प्रदान गर्ने घोषणा गरेको छ ।

सीपीसीका तर्फबाट अन्तर्राष्ट्रिय विभागका उपप्रमुख चेन झोउको सहभागिता रहेको थियो ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महामारी नियन्त्रणका लागि चिन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनु खुशीको कुरा भएको बताएका थिए ।

उपप्रधानमन्त्री पोखरेलले चीनले नेपालका लागि स्वास्थ्य सामग्री, भ्याक्सिन र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति आभार व्यक्त गर्दै कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अझै सहयोग चाहिएको बताएका थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादवले चीनले सधै नेपालको राजनीतिक स्थायित्व र विकास चाहेको भन्दै महामारीमा उपलब्ध गराएको खोपलगायत स्वास्थ्य सामग्रीले नेपालीको जीवन रक्षा गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

कांग्रेस नेता डा नारायण खड्काले महामारीका कारण अक्सिजन, अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामाग्री अभाव भईरहेका बेला नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा चीनलाई धन्यवाद दिए ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारले उपलब्ध गराएको अक्सिजन सिलिण्डरका कारण मात्रै पनि हजारौँ नेपालीको जीवन रक्षा भएको बताए ।

चीनले अघि सारेको बिआरआई प्रोजेक्टमा नेपालले हस्ताक्षर गरेको तीन वर्ष वितिसकेको उल्लेख गर्दै उनले अब यसको कार्यान्वयनमा जानुपर्ने बेला आएको बताए ।

प्रकाशित मिति: May 26, 2021

प्रतिक्रिया दिनुहोस्